दमकका मेयर ओलीलाई कोरोना पुष्टि

दमक । झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार गरिएको परीक्षणमा नगरप्रमुख ओलीलाई सङ्क्रमण पुष्टि भएको हो ।

नगरप्रमुख ओलीकी श्रीमति लीला र छोरा अनिललाई समेत कोरोना पोजेटिभ देखिएको छ । ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको कार्यकारी अधिकृत तिम्सिनाले जानकारी दिनुभयो ।

यस्तै दमक १० का वडाध्यक्ष बोधराज न्यौपानेलाई समेत कोरोना संक्रमण देखिएको छ । पदाधिकारीलाई कोरोना देखिएपछी दमक नगरपालिका र सबै वडा कार्यालय असोज २३ गतेसम्मका लागि बन्द गरिएको छ ।

मङ्गलबार, २० असोज, २०७७, बिहानको १०:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर