सरकारको आग्रह : ‘बसेकै ठाउँमा दसैं मनाऔं’

विराटनगर । यो वर्ष जो जहाँ छ त्यँही बसेर दसैं मनाउन सरकारले आग्रह गरेको छ । सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनका क्रममा बसैकै ठाउँमा दसैं मनाउन सार्वसाधारणलाई आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसपालिको दसैं अहिले बसिरहेकै स्थानमा मनाउन सबैले आपसमा समन्वय गर्नेगरी सन्देश प्रवाह गर्नुपर्ने बताउनुभएको हो । उहाँको भनाईले दसैंमा मानिसहरुको धेरै चहलपहल नहोस् भन्ने सरकारको चहाना देखिन्छ ।

पछिल्लो समय संक्रमणको अवस्था झन्झन् बढ्दै गएको भन्दै प्रवक्ता गौतमले चाडवाडको बेला थप सतर्क हुनुपर्ने बताउनुभयो । काठमाण्डौ उपत्यकामा दैनिक संक्रमित दर बढ्दै गएकोले उच्च जोखिममा परेको छ । आइतबार मात्र उपत्यकामा एक हजार ५ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ।

दसैंमा उपत्यकाबाट गाउँगाउँमा संक्रमण विस्तार हुनसक्ने जोखिम रहेको भन्दै जो जुन ठाउँमा बसेको छ त्यही ठाउँमा चाड मनाउनु उपयुक्त हुने विज्ञहरुको सुझाव छ ।

आइतबार, १८ असोज, २०७७, साँझको ०५:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर