स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि पथरी अस्पताल बन्द

पथरी । मोरङको पथरी–शनिश्चरे नगरपालिकास्थित पथरी नगर अस्पतालका स्वास्थ्यकर्मीसहित ९ नामा कोरोना भाइरस संक्रमण देखिएपछि अस्पतालका सबै सेवा बन्द गरिएको छ।

अस्पतालले शुक्रबार सूचना जारी गर्दै अस्पतालका सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ।

महिलासहित ९ जनामा कोरोना पोजेटिभ देखिएको नगर जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जानकारी दिनुभयो । जनस्वास्थ्य निरीक्षक आचार्यसहित नगर अस्पतालका स्वास्थ्यकर्मी, नगरका कर्मचारी र जनप्रतिनिधिमा पनि कोरोना पुष्टि भएको छ ।

अस्पतालका सम्पूर्णको कन्ट्याक ट्रेसिङका आधारमा पिसिआर जाँच गरी रिपोर्ट नआएसम्म अस्पतालको सेवा बन्द गरिएको हो । पिसिआर रिपोर्ट नआएसम्म बिरामीहरुमा पनि थप जोखिम हुनसक्ने कुरालाई मध्यनजर गरी अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीलाई होम क्वारेन्टाइनमा राख्ने निर्णय भएको अस्पताल ब्याबस्थापन समितिका अध्यक्ष यामप्रसाद गुरागाईले जानकारी दिनुभयो ।

शनिबार, १७ असोज, २०७७, बिहानको ११:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर