बीपीमा कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत २८ वर्षीया कोरोना संक्रमित महिलाको शनिबार बिहान मृत्यु भएको छ ।

सुनसरीकै इनरुवा–४ घर भएकी महिलाको बिहान साढे ४ बजे प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिनुभएको छ ।

मृतक महिलामा अन्य कुनै दीर्घरोग नरहेको प्रतिष्ठानले जनाएको छ । असोज ८ गते कोरोना संक्रमण पुष्टि भएकी महिलालाई सोही दिन अस्पतालमा भर्ना गरेर उपचार भइहरेको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

शनिबार, १७ असोज, २०७७, बिहानको ११:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर