विराटनगर । विराटनगर महानगरपालिकामा गएको २४ घण्टामा थप १२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
समुदायमै कारोना संक्रमण फैलिएको विराटनगरमा एकैदिनको संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार ४७ महिला र ७६ पुरुषमा संक्रमण देखिएको हो । योसँगै विराटनगर महानगरपालिकामा कोरोना संक्रमितको संख्या २ हजार ५०७ जना पुगेको छ ।