अस्पतालको गेटैमा कोरोना संक्रमितको मृत्यु

विराटगनर । विराटनगरस्थित कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा शनिबार राति एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

झापाको कनकाई नगरपालिका–९ का ४७ वर्षीय पुरुषलाई उपचारको लागि कोभिड अस्पताल ल्याइएकोमा अस्पताल भर्ना नहुँदै राति १०ः४५ बजे मृत्यु भएको हो ।

अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार उनलाई भदौ ८ गते कोरोना पुष्टि भएको थियो । कोरोना देखिएपछि झापाकै मेची अस्पतालमा उपचारका लागि भर्ना गरिएका उनको अवस्था गम्भीर बन्दै गएपछि शनिबार थप उपचारका लागि विराटनगर ल्याइएको थियो ।

संक्रमित पुरुषलाई एम्बुलेन्सबाट झार्दाझार्दै मृत्यु भएको अस्पतालले जनाएको छ । कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गर्न नपाइ उनको मृत्यु भएको बस्नेतले जानकारी दिनुभयो ।

आइतबार, ११ असोज, २०७७, बिहानको १०:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर