मोरङमा देशकै पहिलो न्यायिक सञ्जाल गठन

बेलबारी । मोरङमा देशकै पहिलो जिल्ला न्यायिक सञ्जाल गठन भएको छ । उच्च अदालत मोरङ्का मूख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र प्रदेश नं. १ प्रदेश सरकारका महान्यायाधिवक्ता चुडामणि आचार्य संरक्षक रहेको सञ्जाल जिल्ला अदालत मोरङका न्यायाधीश मेदिनीप्रसाद पौडेलको अध्यक्षतामा गठन भएको हो ।

जिल्ला सञ्जालमा विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्की उपाध्यक्ष एवम् जिल्लाका १६ वटा स्थानीय तहका उपप्रमुखहरु सदस्य रहेका छन् ।

सञ्जालको फोकल पर्सनको रुपमा उच्च अदालत मोरङका शाखा अधिकृत ओम सुवेदी र जिल्ला अदालत मोरङका शाखा अधिकृत युवराज पौडेल रहनुभएको छ । न्याय सम्पादनको कार्यलाई थप प्रभावकारी बनाई न्यायम्म आम जनताको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले मोरङ जिल्लास्थित उच्च अदालत ,जिल्ला अदालत, मुख्य न्यायधिवक्ताको कार्यालय, स्थानीय तहका न्यायिक समितिहरुबीच समन्वय सहकार्य र सहयोगको वातावरण निर्माण गर्न वान्छनीय भएकाले सञ्जाल गठन गरिएको उच्च अदालत मोरङका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठले बताउनुभयो।

जिल्ला न्यायिक सञ्जाल गठनपछि न्याय सम्पादन प्रक्रियालाई जिल्ला भर एकरुपता कायम गर्ने, पालिकाहरुबीच आपसी अनुभवहरु आदानप्रदान गर्ने, अदालतबाट भएका फैसलाहरु कार्यनयनका निम्ति सहयोग समन्वय गर्नेलगायतका विभिन्न आवश्यक साझेदारीताको सुरुवात गरिने प्रदेश नं. १ का मुख्य न्यायधिवक्ता चुडामणि आचार्यले बताउनुभएको छ। उच्च अदालत मोरङ र बेलबारी नगरपालिका न्यायिक समितिको संयुक्त आयोजना आयोजित कार्यक्रमबाट सञ्जाल गठन भएको हो ।

उच्च अदालत मोरङका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बेलबारी नगरपालिकाकी उपमेयर तारा पराजुलीले स्वागत गर्नुभएको थियो ।

शनिबार, १० असोज, २०७७, साँझको ०७:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर