सरकारद्वारा अध्यादेश जारी

एसिड आक्रमण गरी कसुर गर्नेलाई कडा सजायँ

काठमाण्डौ । सरकारले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्वन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएको छ ।

एसिड आक्रमणको घटना बढ्दै गएकोप्रति संवेदनशील हुँदै सरकारले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्वन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश ल्याएको हो । एसिड आक्रमणमा संलग्न अभियुक्तलाई कडा कारवाही गर्ने उद्देश्यले उक्त अध्यक्षदेश ल्याएको बताइएको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले अध्यादेश पारित गरेको हो । अध्यादेशमा एसिड आक्रमणका कारण मृत्यु भएमा जन्मकैदको सजाय हुने विद्यमान व्यवस्थामा थप गर्दै १० देखि २० वर्ष कैद हुने व्यवस्था गरिएको छ । आँखा, कान, नाक, मुख, अनुहार महिला भए स्तन र यौनाङ्गमा भएको क्षतिअनुसार १० देखि २० वा २० वर्षको कैद सजाय तोकिएको छ भने एसिड आक्रमण गर्दा सम्वन्धित व्यक्तिलाई नलागेमा ‘तेजाब आक्रमण गरी अंगभंग गर्ने उद्योग’मा मुद्दा चलाइनेछ र कसुर प्रमाणित भएमा १० वर्षसम्म कैद सजाय हुनसक्छ ।
राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि अध्यादेश कानून सरह लागु हुनेछ ।

एसिड आक्रमणका कारण अंगभंग भएमा वा कुनै अंग पूर्णरुपमा काम नलाग्ने भएमा २० वर्ष कैद र १० लाख जरिवाना गर्ने व्यवस्था गरिएको छ ।

अध्यादेशले एसिड आक्रमणमा परी घाइते भएकाहरुको सरकारले निशूल्क उपचार गर्ने व्यवस्था पनि गरेको छ ।

शुक्रबार, ०९ असोज, २०७७, दिउँसोको ०४:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर