विराटनगर । नेपाल पत्रकार महासंघ १ नंबर प्रदेश समितिको कार्यालय आफ्नै नवनिर्मित भवनमा सरको छ ।
विराटनगर ५ मा बन्दै गरेको भवनमा संविधान दिवसको अवसर पारेर शनिबार कार्यालय सारिएको हो ।
प्रदेश सरकारको सहयोग तथा विराटनगर महानगर पालिकाले उपलब्ध गराएको जग्गामा भवन निर्माण गरि कार्यालय सारिएको पत्रकार महासंघ प्रदेश समितिका अध्यक्ष बिक्रम लुईँटेलले जानकारी दिनुभयो । चार तले स्टिमेटसहित निर्माण भएको भवनको २ तलाको काम यहि कार्यकालमा पुरा गर्ने लक्ष्य महासंघ प्रदेश समितिको छ ।
मुलुक संघीयतामा गएसँगै संघीय संरचना अनुसार प्रदेश समिति गठन गरेको महासंघका ७ भुगोल र ३ विषेश प्रदेश समिति छन् । तीमध्ये आफ्नै भवन बनाउने प्रदेश समिति १ नम्बर मात्र हो ।
प्रदेश महासंघको पहलमा कोरोना महामारीका बेला प्रदेशका बिभिन्न सञ्चारमाध्यमलाई सरकारको समन्वयमा ५० लाख बढि रकम बितरण गरेको महासंघले निकट भविष्मा पत्रकाहरुलाई लेखनबृत्ती समेत दिने तयारी गरेको छ । महामारीको बेला अप्ठ्यारोमा परेका करिब सय जना पत्रकारलाई लेखनबृत्ती दिने योजना सारिएको महासचिव विवेक गौतमले बताउनुभयो ।