विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका ४ का युवाहरुले युवा संघ गठन गरेका छन् । समाजमा हुनेगरेका विकृति र विसङ्गति विरूद्धमा खवरदारी गर्दै हरेक क्षेत्रमा क्रियाशिल हुँदै सामाजिक काम गर्ने उद्देश्यले युवा संघ गठन गरेको युवाहरुले बताएका छन् ।
कार्यक्रममा नेकपा जिल्ला सदस्य रीता न्यौपानेले समाजका विकृति र विसङ्गति अन्त्य गर्न युवाको महत्वपूर्ण भुमिका हुने बताउनुभयो । युवाहरूले अनुशासित भएर काम गर्नुपर्ने उहाँको भनाइ थियो ।
बुढीगंगा ४ का नेकपा पार्टी अध्यक्ष महम्मद हस्मुदिन मियाँले युवा समाजको मेरूदण्ड भएकाले समाजलाई परिवर्तन गर्न महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो । विराट आदर्श साहित्यि मञ्चका अध्यक्ष कट्वाल दीपकले हरेक क्षेत्रका गतिविधिमा युवाले सकारात्मक भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
सो वडामा डम्बर ढकालको अध्यक्षतामा १५ सदस्यीय समिति गठन भएको छ । संघको उपाध्यक्षमा सुशीला बस्नेत र मुना कट्टेल छन् । त्यस्तै सचिवमा विकास कार्की, सह–सचिवमा निर्मल खतिवडा, कोषाध्यक्षमा भेषराज रेग्मी तथा सदस्यहरुमा विराट कठायत, शुशिल पोख्रेल, केवल चौलागाईँ, जेम्स फुयाँल, सुजिता दाहाल, नम्रता दाहाल, विनोद थापा, नितेश भट्टराई र अनिल खत्री रहेका छन् ।