राय संकलनमा प्रदेश सरकार

विराटनगर । प्रदेश १ सरकारले कोभिड–१९ नियन्त्रण र रोकथामका लागि आवश्यक कदम चाल्न सरोकार राख्नेहरुसँग राय संकलन गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बिहीबार सर्वदलीय छ्लफल गरि राय संकलन गर्नुभएको हो । मन्त्री कार्कीकै नेतृत्वमा दिउँसो पत्रकारहरूसँग सुझाव लिइएको थियो भने बेलुका राजनीतिक दलका नेताहरुसँग परामर्श लिएको हो ।

कोरोना भाईरस नियन्त्रणका लागि सरकारले चालेका कदमको समीक्षा गर्दै थप प्रभावकारी बनाउन सर्वदलीयका सहभागीहरूले सुझाव दिएका छन् । लामो समयसम्मको लकडाउन र निषेधाज्ञाले सबै क्षेत्र प्रभावित भएको गुनासो आएपछी प्रदेश सरकारल्व उपयुक्त विकल्प छान्न राय संकलन गरेको हो ।

छलफलमा राजनीतिक दलका नेता तथा प्रतिनिधिले प्रदेश सरकारले चालेका कदमको प्रशंसा गर्दै अब भने जनजीविकालाई पनि ध्यान दिन सुझाव दिएका छन् । यस्तै सर्वदलीय छलफलमा आइसोलेशनको अपर्याप्तता, भ्यान्टिलेटरसहितको उपचारलगायतका क्षेत्रमा सुधार गर्न प्रदेश सरकारलाई सुझाव दिएका छन् ।

यस्तै सर्वदलीय वैठकले कोभिड–१९ नियन्त्रणमा सक्रिय रहँदाकै अवस्थामा आफै संक्रमित हुन पुगेका सामाजिक विकास मन्त्री जीवन घिमिरेको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

छलफलमा आएका राय संकलन गरेका आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले प्राप्त रायकै आधारमा प्रदेश सरकारले अबको कदम चाल्ने विश्वास दिलाउनु भयो ।

छलफलमा नेकपा प्रदेश १ का अध्यक्ष देबराज घिमिरे, प्रदेशसभा प्रतिपक्ष दलका नेता राजिव कोइराला, नेकपा मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, नेपाली कांग्रेस मोरङ सभापति डिगबहादुर लिम्बू, राप्रपा प्रदेश अध्यक्ष राम थापा, जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता जयराम यादव, संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका विष्णु तुम्बाहाम्फे संघीय, जनता समाजवादी पार्टीका जिल्ला नेता राजकुमार यादव, लिम्बुवान मंचका प्रदेश उपाध्यक्षलगायतको उपस्थिति थियो ।

शुक्रबार, १९ भदौ, २०७७, दिउँसोको १२:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर