विराटनगर । विराटनगर १२ बखरी प्रहरी चौकी अगाडि सञ्चालित अवैध घरेलु रक्सीको उद्योगमा प्रहरीले छापा हानेर ठूलो परिमाणमा रक्सी बरामद गरेको छ ।
प्रहरीले बिक्री गर्ने तयारी गरेको रक्सी, कच्चा पदार्थ र रक्सी बनाउन प्रयोग हुने सामाग्रीहरू शुक्रबार बरामद गरेको हो ।
पाथीभरा टोल बस्ने साईमन तामाङको घरमा अबैध मदिरा उत्पादन गरिरहेको भन्ने गोप्य सूचनाका आएपछि वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी वेदप्रसाद गौतम र प्रहरी चौकी बखरीबाट खटिएको प्रहरी टोली अवैध रक्सी बरामद गरेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले रक्सी बनाउने ४ हजार लिटर कच्चा पदार्थ, ४० लिटर घरेलु मदिरा र मदिरा निर्माण गर्न प्रयोग गरिएका भाँडाहरु बरामद गरेको वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी गौतमले जानकारी दिनुभयो ।
सोही दिन मोरङ बुढिगंगा गापा ६ कोरिया चोक स्थितबाट पनि १ सय ६० लिटर घरेलु मदिरा बरामद गरेको छ । प्रहरी चौकी कोयलपुरबाट खटिएको टोलीले उतरबाट दक्षिणतर्फ जाँदै गरेको को २ ह ५९८० नम्बरको टेम्पुबाट अन्दाजी १६० लिटर घरेलु मदिरा बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीले मदिरा सहित टेम्पु चालक बुढिगंगा गापा १ बस्ने २३ वर्षीय सुमन भुजेल, बेलबारी नपा ११ वस्ने बर्ष ४० कि मिना तामाङ, सोही ठाउँकी सबिता राईलाई नियान्त्रणमा लिएको छ । प्रहरीले बरामद गरेको रक्सी आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाउने भएको छ ।