विराटनगर । मोरङको रतुवामाई नगरपालिकाले बुधबारदेखि १० दिनसम्म नगरक्षेत्र पूर्णरुपमा शिलबन्दी गर्ने निर्णय गरेको छ ।
रंगेली स्थित रक्त सञ्चार केन्द्रमा कार्यरत कर्मचारी ऋषितर्पणी पर्वमा घर आएको र त्यही बेला उनमा कोरोना पुष्टि भएको सूचना आएपछि समुदाय तहमा संक्रमण फैलिन नदिन नगरपालिकाले पुरै नगर क्षेत्रलाई १० दिनसम्म शिलबन्दी गर्ने निर्णय लिएको हो ।
नगरपालिकाले नगरका सबै वडा कार्यालयहरु, संघसंस्था, सहकारी, वित्तीय संस्थाहरु सबै बन्द गर्ने निर्णय गरेको हो ।