सरस्वती स्कूलका विद्यार्थीलाई टाई र बेल्ट

विराटनगर । मोरङको कोनेपोखरी गाउँपालिका – ६ मुलगाउँमा रहेको सरस्वती आधारभूत स्कूललाई रोटरी क्बल विराटनगर मिडटाउनले शैक्षिक सामग्री वितरण गरेको छ ।

स्कूलमा अध्ययरत विद्यार्थी र शिक्षकहरूलाई पुग्ने टाइ र बेल्ट वितरण गरेको रोटरी क्बल अफ विराटनगर मिडटाउनका अध्यक्ष पुन्य भट्टराईले जानकारी दिनुभयो । शैक्षिक गुणस्तर सुधार गरि जिल्लाको नमूना विद्यालयको रूपमा स्थापित गराउन पूर्व विद्यार्थीहरूले सक्रियता बढाएपछि मिडटाउनले एक सय ५० थान टाइबेल्ट स्कूललाई हस्तान्तरण गरेको हो ।

सामाजिक कार्यमा क्रियाशिल मिटडाउनको नेतृत्व सम्हालनुभएका भट्टराईले आगमी दिनमा पनि स्कूललाई थप सहयोग गरेर अगाडी बढ्ने प्रतिबद्धा जनाउनुभयो । रोटरी क्बल अफ विराटनगर मिटडाउनका भावी अध्यक्ष जय कमल अग्रवाल, क्लबका निर्देशकमा कुमार खतिवडा, सुजन थापा, स्कूलका प्रधानध्यापक चन्द्र मगर, पूर्व विद्यार्थी संगठनका अध्यक्ष खगेन्द्र बराई तथा पूर्व विद्यार्थी र अभिभावकहरूको सहभागिता थियो ।

भौतिक संरचनाहरू स्तरउन्नति गरि अभिभावकको मन लोभ्याउने विद्यालय बनाएको सरस्वती स्कूलमा पूर्व विद्यार्थीहरू संगठित भएर अहिले गुणस्तर सुधारमा लागेका छन् । संगठित भएका पूर्व विद्यार्थी, शिक्षक र स्थानीय अभिभावकहरूले लकडाउनको समयमा स्कूलको भौतिक संरचना स्तरउन्नति गरि विद्यालय चिटिक्क बनाएका छन् । विद्यालय परिसर भित्र र बाहिर रंङरोगन गरि अभिभावक र विद्यार्थीको रोजाइमा पर्ने विद्यालय बनाएका छन् । २०४४ सालमा स्थापना भएको उक्त विद्यालयमा कक्षा १ देखि ५ सम्म पठनपाठन हुने गरेको छ । यही नयाँ शैक्षिक शत्रदेखि कक्षा १ देखि ३ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन सुरू हुने स्कूलका प्रधानाध्यापक चन्द्र मगरले जानकारी गराउनुभयो ।

‘ ’

मङ्गलबार, १३ साउन, २०७७, साँझको ०६:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर