विराटनगर । रंगकर्मी सुनिल पोखरेल तथा गायक सुगम पोखरेललाई पितृशोक परेको छ । उहाँहरुको बुवा एकनाथ पोखरेलको ८१ वर्षको उमेरमा शनिबार बेलुका निधन भएको हो ।
मोरङको रंगेली मंगलबारेमा बस्दै आउनुभएका मृतक पोखरेल मुटु रोगी हुनुहुन्थ्यो । उहाँका सुनिल, सुशील र सुगम तीन छोरा, दुई छोरी र एक श्रीमती हुनुहुन्छ । मृतक पोखरेलको आइतबार स्थानीय तिरुपती आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।