विराटनगर । झापाका व्यवसायी नारायण आचार्यको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दाउ प्रहार गरेर व्यवसायीको हत्या गरेको अभियोगमा बाहुनडाँगीबाट अभियुक्त पक्राउ परेको प्रहरीले जनाएको छ । यद्यपी प्रहरीले पक्राउ पर्नेको परिचय भने खुलाएको छैन ।
जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी रोकश थापाका अनुसार अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिले दाउ प्रहार गरी व्यवसायी आचार्यको हत्या गरेको खुलेको छ । आफन्तको घरबाट दाउ ल्याएर उनले मेचीनगर नगरपालिका–२, भृकुटीमा कपडा सञ्चालन गर्ने व्यवसायी नारायण आचार्यको हत्या गरेको प्रहरीको दाबी छ ।