मोरङमा ५ सहित प्रदेश १ मा १० संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा शनिबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङमा ५, सुनसरीमा २, झापा, ते¥हथुम र खोटाङमा १–१ जनामा संक्रमण देखिएको प्रदेश सरकारले जनाएको छ ।

मोरङको विराटनगरका २ महिला र १ पुरुष, पथरीशनिश्चरेका २ पुरुष, सुनसरीको इनरुवाका २ पुरुष, झापाको मेचीनगरका १ महिला, खोटाङको दिक्तेलमा र ते¥हथुममा १–१ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय ९१ पुगेको छ ।

केहीदिन अघि विराटनगर महानगरपालिका–६ मा संक्रमित देखिएका व्यक्तिकै घरका दुईजना महिलामा संक्रमण देखिएको हो । दुवै महिलाको उमेर ९२ र ४५ रहेको महानगरपालिकाले जनाएको छ ।

त्यसैगरि करिब ४ दिनअघि धरानबाट आएका एक चिकित्सकको पीसीआर रिपोर्ट पोजेटिभ आएको बताइएको छ । उनी सप्तरी निवासी भएको महानगरले जनाएको छ ।

प्रदेश १ मा शनिबार ४ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको छ । अहिलेसम्म ३९ हजार १ सय १२ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताउनुभयो ।

शनिबार, १० साउन, २०७७, साँझको ०५:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर