विराटनगर । झापाको भद्रपुरस्थित देउनिया खोलाले बगाएर १ व्यक्तिको मृत्यु भएको छ ।
झापाको भद्रपुर नगरपालिका–२ महारानीझोडाका ५० बर्षीय कुमार गजमेरको खोलाले बगाएर मृत्यु भएको हो । सोमबार दिउँसो ११ बजे घरबाट हिँडेका गजमेरलाई स्थानीयले मङ्गलबार दिउँसो करिब पौने १ बजे देउनिया खोलाको बगर काँसघारीमा मृत अवस्थामा फेला पारेका थिए ।
घटनाको जानकारी पाउन साथ खटिएको प्रहरी टोलीले मृत्तकको कानुनी प्रक्रिया पुरा गरि शव परिक्षणका लागी मेची अस्पताल भद्रपुर पठाएको छ । घटनासम्बन्धी भने थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।