बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन हुने

विराटनगर । दुईदिन पछि अर्थात् साउन ८ गते बिहीबारदेखि सार्वजनिक यातायातका सवारी साधन सञ्चालनमा ल्याउने यातायात व्यवसायीले घोषणा गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा रहेको तीन वटै यातायात मजदुर संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले आज संयुक्त पत्रकार सम्मेलन आउने बिहीबारदेखि यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

छोटो दुरीको यातायात सञ्चालन गर्न तयार भएका व्यवसायीले पत्रकार सम्मेलनमा लामो दूरीको सवारीसाधन समेत संचालन गर्न सरकारसँग माग गरेका छन् ।

उनीहरुले तत्काल लामो दुरीको सार्वजनिक यातायात संचालन गर्न सम्भव नभए प्रदेशस्तरमा भने पनि गाडी संचालन गर्न दिने निर्णय गर्न सरकारसँग माग गरेका हुन् । सरकाले गत असार २६ मै उपत्यकामा र जिल्लाभित्र यातायातका साधन जोरविजोरका आधारमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

मङ्गलबार, ०६ साउन, २०७७, दिउँसोको ०४:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर