विराटनगर । ज्यान मार्ने उद्योग मुद्दाका प्रतिवादी दुहबी नगरपालिका वडा नम्बर–९ का अध्यक्ष मेहदी हुसेन फरार भएका छन ।
छिमेकीलाई कुटपिट गरेको आरोपमा गत असार ८ गते हुसेन विरुद्ध मुद्दा दर्ता भएपछि उनी फरार भएका हुन् । वडाअध्यक्ष हुसेनसहित १६ जनामाथि छिमेकीलाई गम्भीर कुटपिट गरेको आरोप छ ।
गत चैत्र २३ गते दुहबीको छाताबेलीस्थित इँटा उद्योग सञ्चालन गर्ने विषयमा वडाअध्यक्ष सहितको समुहसँग स्थानीयको झडप भएको थियो । झडपमा परि केही स्थानीय सहित एकै परिवारका ४ जना गम्भीर घाईते भएका थिए ।
वडाध्यक्ष हुसेनसहित फरार रहेका अन्य १६ जना विरुद्ध सुनसरी अदालतले पक्राउ पुर्जी जारी गरेको छ । फरार प्रतिवादीहरुमध्ये ३ जना पक्राउ परिसकेको र अन्य १३ जनाको खोजी कार्य भईरहेको ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक प्रविन कार्कीले बताउनुभयो ।
पक्राउ पर्नेमा भने नासे भनिने नसुउद्दिन मियाँ, इश्राबिल मियाँ र रईस मियाँ रहेका छन ।