डुबेर एक बालकको मृत्यु, दुई जनाको उद्धार

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका ११ का संजय दनुवारको ३ बर्षीया छोरा संजिव दनुवारको पैनिमा डुबेर मृत्यु भएको छ ।

सोमवार दिउँसो आफ्नै घर अगाडि रहेको पैनीमा बालकका आफन्तले बालकलाई डुबिरहेको देखेपछि तत्काल उद्धार गरी उपचारको लागी बिराट नर्सिङ होम बिराटनगर ल्याएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

यसैबीच अबिरल बर्षाका कारण ईलामको माई खोलामा आएको बाढीमा फसेका माईजोगमाई गाउँपालिका ५ का ६६ बर्षीय लोकबहादुर नेम्वाङ र ३० बर्षीय जोजो लिम्बूलाई प्रहरीले सकुशल उद्धार गरेको छ । सोमवार रातिमाई खोला नजिक रहेको आफ्नो गोठबाट घरतर्फ फर्कने क्रममा बाटोलाई खोलाले कटान गरी खोलाको बिचमा फसेको भन्ने जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय ईलाम, ईलाका प्रहरी कार्यालय नयाँ बजार र अस्थायी प्रहरी पोष्ट बिप्लाटेबाट खटिएको प्रहरी टोलीले डोरीको सहायताले राति १० बजे उनीहरुको सकुशल उद्धार गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय ईलामलाई उदृत गर्दै प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

मङ्गलबार, ०६ साउन, २०७७, दिउँसोको १२:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर