रिदमको ‘द युथ टक्स’ अभियान

विराटनगर ।  प्रदेश १ का युवा प्रेरक वक्ता विराटनगर–७ का रिदम साहले लकडाउनको सदुपयोग गर्दै युवाहरुलाई जानकारी दिन भर्चुअल माध्यमको प्रयोग गरी विभिन्न बहस चलाइरहेका छन् ।

प्रविधिको उचतम प्रयोग गरि उनले ‘द युथ टक्स’ नाम दिएर राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त व्यक्तित्वहरुसंग संवाद चलाएका हुन् ।

विराटनगरस्थित आदर्श माविमा कक्षा १२ मा विज्ञान संकाय लिएर अध्ययन गर्दै आएका उनी विषयगत रूपमा विज्ञ र जानकारहरुसँग जुम एपमार्फत ‘द युथ टक्स’ सञ्चालन गदर्छन र युट्युब च्यानल र फेसबुकमार्फत लाइभमा आउँछन् । उनले संचालन गरेको ‘द युथ टक्स’ गत शनिबार १४ औं एपिसोड पुगेको छ ।

यस अवधिमा उनले चर्चित विषय विज्ञ व्यक्तिहरूसँग संवाद चलाएका छन् । उनले सञ्चालन गरेको १४ औं एपिसोडमा ‘पत्रकारितामा नैतिक संकट’ विषयमा मिडिया र सञ्चार विषयमा विद्यावारिधी गरेका डा.नेत्र तिमिल्सिनासँग संवाद गरेका छन् ।

यस अघि ‘युवा, लागू पदार्थको लत र यसबाट बाहिर आउने तरीका’ बारेमा पूर्वडीआईजी समेत रहका अपराध अनुसन्धान विज्ञ हेमन्त मल्लसँग संवाद गरेका छन् । यस्तै लेखक एवं बरिष्ठ सञ्चारकर्मी हरिबहादुर थापा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विज्ञ एवं बरिष्ठ मानसिक रोग विशेषज्ञ डा.रोशन पोखरेलसँग पनि संवाद गरेका छन् । यसैगरि आर्थिक विश्लेषक गोकर्ण अवस्थी, कार्टुनिष्ट क्लबका अध्यक्ष एवं चित्रकार अविन श्रेष्ठ, वरिष्ठ पत्रकार युवराज घिमिरे, स्त्री तथा प्रसूती रोग विशेषयज्ञ डा. बालकृष्ण साह, अभियान्त बसन्त अधिकारी, डिला खरेललगायत सलगायतसँग पनि संवाद गरिसकेका छन् ।

विज्ञहरुसंग कमेन्ट बक्समा राखिने प्रश्नको जवाफ लाइभ नै प्राप्त हुने भएकोले यो प्रभावकारी भएको रिदमले सुनाए । ‘अहिलेसम्म १४ एपिसोड पूरा भयो,’ उनले भने, ‘१५ एपिसोडको तयारीमा जुटेको छु ।’ रिदमले संचालन गरेको १४ औं ‘द युथ टक्स’ एपिसोडको मिडिया पार्टनर हाम्रोमत रहेको छ ।

रिदमले आर्ट र पेन्टिङको विषय पनि युवालाई जानकारी गराउँदै आएका छन् । उनले लकडाउन अघि युवा लक्षित मोटिभेस्नल कक्षाहरु पनि संचालन गर्दै आएका थिए । उनी विराटनगरको विभिन्न सामुदायिक स्कूलमा गएर विद्यार्थीलाई मोटिभेसनल कक्षा संचालन सुरु गरेका थिए ।

सोमबार, ०५ साउन, २०७७, साँझको ०७:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर