भारतमा उत्पादित नेपालमा प्रतिबन्धित माछा नष्ट

विराटनगर । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतबाट ल्याईएको ५ हजार ८ सय २० के.जी. माछा बरामद गरि नष्ट गरेको छ ।

गत शुक्रबार अपरान्ह ५ बजे ईनरुवा–४ बाट भारतीय नम्बर प्लेटको डब्लु बी २५ जे ६१४१ नम्बरको ट्रकमा लोड गरि ल्याईएको माछा प्रहरीले बरामद गरि नष्ट गरेको हो । बिशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले भारतीय नम्बर प्लेटको उक्त ट्रक नियन्त्रणमा लिई चेकजाँच गर्दा माछा भारतबाटै ल्याईएको खुलेपछि माछा नष्ट गरिएको जनाईएको छ ।

भारतमा उत्पादित तर नेपालमा प्रतिबन्धित उक्त माछा ल्याईएको पाईएपछि प्रहरीले ट्रक सहित भारतको पश्चिम बङगालस्थित स्वरुपनगर बस्ने २४ वर्षीय मो. इमामुल गोल्दारलाई समेत नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहेका गोल्दारलाई आवश्यक कारबाहीका लागी सेतु बन्धु भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बरामद गरिएको माछा भने पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयको रहोबरमा खाडल खनि नष्ट गरिएको छ ।

सोमबार, ०५ साउन, २०७७, दिउँसोको ०३:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर