विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मुल्यमा भारी गिरावट आएको छ । सुनको मूल्यमा आज प्रतितोला रु. २ सय रुपैयाँले गिरावट आएको हो ।
आईतबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर प्रतितोला ९२ हजार ३ सय पुगेको छ । त्यस्तै आईतबार प्रतितोला ९२ हजार ६५ रुँपैयामा कारोबार भएको तेजाबी सुनको मूल्य घटेर आज प्रतितोला ९१ हजार ८ सय ६५ मा झरेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज चाँदीको मुल्यमा ५ रुँपैयाले गिरावट आएको छ । आईतबार १ हजार ५ रुँपैयाले कारोबार भएको चाँदीको मुल्य आज भने प्रतितोला रु. १ हजार पुगेको छ ।