विराटनगर । सडक मानव मुक्त बनाउने अभियान सफल भएको र अहिले मानिसले सडकलाई आश्रयस्थल बनाउन नपरेको सरकारले बताउने गरेको छ ।
बेलाबेला सरकारका मन्त्री, नगरपालिका प्रमुख र उपप्रमुखहरु सडकमा पुगेर सडकमै बस्न बाध्य भएका मानिसलाई उद्धार गरिरहेको देखिन्छ । तर सडकलाई आश्रय स्थल बनाएर जीवन बाँच्दै आएका मानिसहरु अहिले पनि सडकमा यत्रतत्र छन् ।
सडकलाई आश्रय स्थल बनाउने केही व्यक्तिहरु शनिबार दिउँसो विराटनगरको ट्राफिक चोक क्षेत्रमा यस्तो अवस्थामा भेटिए ।
सडकमा भेटिएका उनीहरु प्लाष्टिक टिपेर गुजारा गर्छन् भने सडक पेटीलाई नै आश्रयस्थलको रुपमा प्रयोग गर्ने गरेको स्थानीयहरुले बताएका छन् ।
सडकबाट उद्धार गरेर राख्ने ठाउँको अभाव रहेको र त्यस्ता व्यक्तिलाई राख्ने स्थायी संरचना सरकारसँग छैन । गैह्रसरकारी संस्थाहरुको सहयोगमा सरकारले सडकबाट उद्धार गरेका मानिसहरु राख्ने गरेको भएपनि सिमित क्षमताका कारण सबैलाई सेवा दिने अवस्था भने उनीहरुसँग छैन ।