प्रदेश १ मा बिहानैदेखि वर्षा, बाढी र पहिरोको सम्भावना

विराटनगर । केही दिनदेखि नेपाल नजिकै भारतीय क्षेत्रमा सक्रिय रहेको मनसुनी न्यूनचापीय रेखा नेपाल तर्फ सरेको छ । मनसुनी न्यूनचापीय रेखा सरेसँगै आज देशभर वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने केही प्रदेशमा भारी वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै प्रदेश ५, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले बाढी, पहिरो र डुवानको जोखिम रहने भएकोले सचेत रहन आग्रह गरिएको छ ।

वर्षा आज राति र सोमबार पनि जारी रहने बताइएको छ । नेपालको तराई क्षेत्र पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार, ०५ साउन, २०७७, बिहानको ०७:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर