एउटै रुखमा झुण्डिएको देवर–भाउजुको शव फेला

इलाम । इलामको माङसेबुङ गाँउपालिका–६ मा एउटै रुखको हाँगामा झुन्डिएको अवस्थामा देवर र भाउजुको शव फेला परेको छ।

माङसेबुङ–६ मावाटोलका २७ वर्षीय विशाल राई र उनकै भाउजु २६ वर्षीया गीता राईको शव फेला परेको प्रहरीले जनाएको छ।

बिहीबार बिहान कसैलाई नभनी घरबाट हिँडेका देवर र भाउजु बेलुकासम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा शुक्रबार बिहान साढे ११ बजे घरदेखि करिब ७०० मिटर टाढा रुखको एउटै हाँगामा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको हो । घटनाबारे प्रहरी चौकी साक्फाराबाट जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षक राजकुमार साह तेलीको नेतृत्वको टोली घटनास्थल पुगेर दुवैजनाको शवलाई पोष्टमार्टमको लागि पाँचथरको रवी लगेको छ ।

घटनाको प्रकृति हेर्दा शंकास्पद नै देखिएको प्रहरी निरीक्षक तेलीले बताउनुभयो। थप विवरण पोष्टमार्टमको रिपोर्ट आएपछि थाहा हुने प्रहरीको भनाइ छ ।

शनिबार, ०६ असार, २०७७, बिहानको ०८:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर