विराटनगर । प्रदेश नं. १ बाट बिहीबार थप ३० जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिहिबार थप ३० जना कोरोना संक्रमितलाई डिस्चार्ज गरिएको हो ।
वीपीको कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका ३० जना कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् । पछिल्लो पीसीआर परीक्षणमा कोरोना कोरोना नेगेटिभ देखिएपछि झापाका १८ वर्ष देखि ४५ वर्ष सम्मका ३० जना पुरुष डिस्चार्ज भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार हाल नयाँ ८ जना र पुराना २४ जना गरी ३२ जना कोरोना संक्रमित प्रतिष्ठानमा उपचारत छन् । मङ्गलवार पनि बिपीबाट २८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका थिए ।