एनपिएल आजबाट सुरु हुँदै

एनपिएल आजबाट सुरु हुँदै

विराटनगर । नेपाल प्रिमियर लिग (एनपिएल) आजबाट सुरु हुँदैछ । आज साँझ ४ बजे त्रिवि क्रिकेट मैदान किर्तिपुरमा प्रतियोगिता उद्घाटन हुँदैछ ।

आजको उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज्बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता अवधिभर लिग चरण अन्तरगतका ९ खेल दिउँसो हुनेछ भने बाँकी खेलहरु फ्लड लाइटमा डे नाइट खेलाइने छ । मंसिर २७ गतेसम्म हुने प्रतियोगितामा फाइनलसहित ३२ खेल हुनेछन् ।