काठमाडौं । आज देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले मौसम स्थिर रहेको हो।
आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू(भागमा मात्र आंशिक बदली देखिनेछ भने बाँकी सबै स्थानमा मौसम सफा रहनेछ।
त्यसैगरी, आज राति देशभरकै मौसम पूर्ण रूपमा सफा रहने पूर्वानुमान गरिएको छ।
मौसममा उल्लेख्य फेरबदल नआउने भएकाले तत्काल पानी पर्ने वा हिमपातको कुनै सम्भावना नरहेको महाशाखाले जनाएको छ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!