काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको ‘मानवताविरुद्धको अपराध’ मुद्दामा अदालतले आज फैसला सुनाउँदै छ।
बीबीसी बंगला सेवाका अनुसार, न्यायाधिकरणको रजिस्ट्री कार्यालयले आज बिहान ११ बजे फैसला सुनाउने जानकारी दिएको छ।
अभियोजन पक्षले शेख हसिना र असदुज्जमान खान कमलविरुद्ध अधिकतम सजाय अर्थात् मृत्युदण्डको माग गरेको छ।
यसैबीच सर्वोच्च अदालतले फैसला गर्नुअघि न्यायाधिकरणमा सुरक्षा कडा पार्न सेना तैनाथ गर्न सेना परिचालन गर्न सेनालाई पत्र लेखेको छ।
शेख हसिना र अन्य तीन अभियुक्तविरुद्धको मुद्दाको फैसला बंगलादेश टेलिभिजन ९बीटीभी० ले प्रत्यक्ष प्रसारण गर्नेछ।
बंगलादेशमा सन् २०२४ अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहपछि हसिनाको १५ वर्षे लामो शासन अन्त्य भएको थियो।
भिडले सरकारी निवासमा आक्रमण गरेपछि उनी हेलिकप्टरमार्फत देशबाट भागेकी थिइन्। अहिले उनी भारतमा लुकेर बसेकी छन्।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!