प्रदेश नामकरणः एक चर्चा

प्रदेश नामकरणः एक चर्चा

प्रदेशसभाबाट यस प्रदेशको नाम कोशी राखिएका दिन मैले सामाजिक सञ्जाल फेसबुकमा आफू कोशीका विपक्षमा रहेको धारणा सार्वजनिक गरेको थिएँ । साथै मैले त्यही स्टाटसमा यस प्रदेशको नाम किरात हुनुपर्छ भन्ने मेरो विचार राखेको थिएँ । यस स्टाटसले मलाई प्रशस्त गाली खुवाउनेछ भन्ने मेरो पूर्वानुमान सही भयो । अधिकांश टिप्पणीकर्ता मेरो धारणासित सहमत हुनुभएन । ममाथि राम्रै शब्दप्रहार भयो । मलाई यसले अझ आनन्दित तुल्यायो । अब धेरै आत्मचर्चा नगरी म यस प्रदेशको नाम किन किरात प्रदेश राखिनुपर्छ भन्ने प्रसङ्ग उठान गर्दछु ।

प्रसङ्ग नम्बर १. पहाडमा हाम्रा न्यौपाने पितापुर्खा उहिले सेन राजाका पालादेखि बिर्तावाल थिए । बिर्तावाल भएका कारण हाम्रा पुर्खामध्येका केही अगुवालाई राजदरबारले विभिन्न पत्र पठाइरहन्थ्यो । यो क्रम शाह राजा र राणाशासनमा पनि भएको पुराना कागजपत्र हेरेर मैले चाल पाएको हुँ । दरबारबाट प्राप्त ती पत्रमध्ये केहीमा माझकिरात गोगने बिर्ता लेखिएको छ ।

स्मरणीय छ, त्यस वेला शाह र राणाशासकले काठमाडौँ पूर्वको पहाडी भूभागलाई तीन वटा ‘किरात जिल्ला’–मा विभक्त गरेका थिए । अहिलेको इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाको भूभागलाई पल्लो किरात नामकरण गरिएको थियो । त्यस्तै खोटाङ र भोजपुर क्षेत्रलाई माझ किरात भनिन्थ्यो । अनि सिन्धुली, रामेछाप लगायतका जिल्लाको भूभाग ओल्लो किरात कहलिन्थ्यो । त्यति बेलाका निरङ्कुश, तानाशाही राणा र शाह शासकले पनि यसरी पहिचानका आधारमा देशका जिल्लाको नामकरण गरेको इतिहास हामीले पाइरहेका छौँ ।

मेरो प्रश्न यहाँनिर के छ भने खै त्यति वेला ओल्लो किरात, पल्लो किरात र माझ किरात लेख्ता साम्प्रदायिकता, जातीयता र अन्य समस्याहरू थिएनन् त ? त्यस्ता निरङ्कुश र तानाशाह शासकले पनि जिल्लाका नामकरण गर्दा पहिचानलाई मान्यता दिएका रहेछन् त ? अहिले सङ्घीय गणतन्त्र नेपालमा चाहिँ किन पहिचानका आधारमा प्रदेशको नामकरण गर्न अप्ठ्यारो परेको हो ? जबकि सङ्घीयताको एक मर्म भनेकै पहिचान पनि हो ।
मलाई मेरा प्रेरणास्रोत आदरणीय हजुरबाले बारम्बार सगर्व भन्ने गर्नुहुन्थ्यो,– ‘बुझिस्, हामी माझकिरातको पानी खाएर हुर्केका हौँ । हामीले कसैसित दब्नु हुँदैन ।’

खोई त, यसो भन्दै गर्दा मेरा हजुरबामा पनि जातीय हीनता प्रकट भएको मैले कतै देख्दिनथेँ । बरु माझकिरात भन्दा गर्वले छाती फुलाउनु हुन्थ्यो । त्यसैले अहिले पनि यस प्रदेशको नाम कोशीबाट किरातमा परिवर्तन गरिनुपर्छ भन्ने पक्षमा छु ।

प्रसङ्ग नम्बर २. सन् १९४७ अगस्त १५ का दिन भारत स्वतन्त्र भएपछि लगत्तै पाकिस्तान टुक्रियो । पाकिस्तान टुक्रिएर गएपछि फेरि टुक्रियो र २ देश बने– बङ्गलादेश र पाकिस्तान । तर भारत अहिलेसम्म ज्युँका त्युँ छ, टुक्रिएको छैन । किन होला ? यस प्रश्नमा मेरो सिधा जबाफ छ– किनकि भारतले आफ्ना प्रदेशको नामकरण गर्दा पहिचानलाई प्राथमिकता दिएको छ ।

यस विषयमा अलिकति चर्चा गरौँ । जस्तोकि, बङ्गालीबहुल क्षेत्रलाई पश्चिम बङ्गाल भनिएको छ । गुजरातीलाई गुजरात नाम दिइएको छ । ओड्रा जातिको बसोबास भएको प्रान्तलाई ओडिसा भनिएको छ । आन्ध्रा जातिको ठाउँलाई आन्ध्र प्रदेश र तामिल जातिको राज्यलाई तामिलनाडु नाम दिइएको छ । पछिल्लो समयमा आएर बनेको राज्यलाई पनि पहिचानकै आधारमा तेलाङ्गना बनाइएको छ । यस्तो नामकरण अङ्ग्रेज शासकले नै गरेका थिए । पछि नेहरूले यसलाई निरन्तरता दिए । भारत अहिलेसम्म एकबद्ध हुनुमा यही पहिचानका आधारमा राखिएको प्रान्तको नाम पनि हो भन्ने गरिन्छ ।

खोईत, त्यहाँ भारतमा पहिचानका आधारमा राज्य, प्रान्त र प्रदेशका नामकरण गरिँदा त्यहाँ कुनै हीनभाव देखिँदैन त ?

प्रसङ्ग नम्बर ३. अब एक छिन पाकिस्तान र बङ्गलादेश किन टुक्रिए भन्ने विषयमा चर्चा गरौँ । भारत र पाकिस्तान टुक्रिनेबित्तिकै पाकिस्तानमा पूर्वी बङ्गालका नागरिकले आफ्नो छुट्टै राज्यको माग गर्न थाले । पूर्वी बङ्गालका नागरिकले त्यस प्रान्तलाई पाकिस्तान सरकारले औपचारिक रूपमा पूर्वी बङ्गाल राज्यको मान्यता दिनुपर्ने, पाकिस्तानको सेनामा पूर्वी बङ्गालका नागरिकको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने, पूर्वी बङ्गालको राजस्व त्यही प्रदेशमा खर्च हुनुपर्ने र पूर्वी बङ्गालबाट भएको निर्यातबाट प्राप्त विदेशी मुद्रा पनि पूर्वी बङ्गालकै हुनुपर्ने जस्ता मागहरू राखेर आन्दोलन गरेका थिए । साथसाथै उनीहरूको एक प्रमुख मागमा पूर्वी बङ्गालको सरकारी भाषा बङ्गाली नै हुनुपर्ने भन्ने थियो ।

तर पाकिस्तान सरकारले यी कुनै माग सुनेन । बरु उल्टै १९५५ मा पूर्वी बङ्गालको नाम जबर्जस्ती बदलेर पूर्वी पाकिस्तान नामकरण ग¥यो । यसपछि पूर्वी बङ्गालमा ठुलो आन्दोलन चर्कियो । आन्दोलनले यति उग्र रूप धारण ग¥यो कि सन् १९७१ मा पाकिस्तान बङ्गलादेशलाई टुक््रयाउन बाध्य भयो । जानकारहरू भन्ने गर्छन्– यदि पाकिस्तानले पूर्वी बङ्गला नामकरण गरेर छुट्टै गणराज्यको मान्यता दिएको भए आजसम्म बङ्गलादेश पाकिस्तानभित्रै रहेको हुने थियो । त्यहाँको पहिचानको आन्दोलनलाई बलात् दबाउन खोज्दा परिणाम पृथक्तामा गएर बल्झियो ।

उपसंहारः लेखक अहिले पनि के कुरामा दृढ छ भने देश वा प्रदेश जे भन्नुस्, पहिले जनताको हो । अनि मात्रै नदी, पहाड, हिमाल, ढुङ्गा, माटो, ढिस्को, पोखरी, वनजङ्गल, मरुभूमि आदिको हो । यस प्रदेशको नाम किरात नराखी कोशी राखिनु महेन्द्रीय राष्ट्रवादको निन्दनीय निरन्तरता अपितु अपराध ह

16 प्रतिक्रियाहरू

चैत्र २, २०७९

सल्लाह सुझाब र खबरदारीको लागि तपाईलाई धन्याबाद छ। ठूला बडा भनाउदाको घैटोमा घाम लागोस ।

पदम नाछृङ्ग राई
चैत्र ४, २०७९

ऐतिहासिक प्रमानहरु सहित अतिनै सहि कुरो भन्नु/लेख्नु भयो, उहालाई मेरो सल्युट छ।

राई जेठा
चैत्र ७, २०७९

यो वबास्तबिक हो त्यसैले किरात लाई जात नभनौ हाम्रो सभ्यता हो उहाले धेरै बुझेरै लेख्नुभएछ धन्यवाद छ उहालाई 🙏

हेमन्त किरात
चैत्र ३, २०७९

आहा सबै बाहुनहरूको सोच तपाईको जस्तो भइ दिएको भए नेपाल कति छिटो सम्वृद्द बन्थ्यो। तर विडम्बना यहा जानाजान द्वन्द निम्त्याउने र हामीलाई पुस्तौ पछाडी धकल्ने चेष्टा हुदै छ।

ललित राई
चैत्र ३, २०७९

आहा !कति फराकिलो चिन्तन ।चेत उघ्रिएको सिनियर नागरीक।

जीतेन राई
चैत्र ३, २०७९

तपाईंको सोच बिचार प्रति उच्च सम्मान प्रकट गर्दछु। विगत,वर्तमान र भविष्यको लागि सही विश्लेषण।

Chamlingji
चैत्र ३, २०७९

Great journal.

सुखकला राई
चैत्र ३, २०७९

तपाईकाे साेच कति सफा, तपाईकाे जस्तै सबैकाे ठुलाे छाती भएकाे भए,सबैसंग अन्तर्क्रिया गरेर निर्णय हुन्थ्याे हाेला ।तर जुन जनताले मत दिएर १४ वटा जिल्लाका प्रदेश सांसदहरूलाई जनताकाे आधिकारिक प्रतिनिधि बनाएर पठाएकाे लगभग ३ महिनाकाे अवधिमा किराँती सभ्यतालाई माटाेमा मिलाएर प्रदेशकाे नाम काेशीमा परिणत गरे यिनिहरूकाे कार्यकालभरि जनतालाई नै भेडाबाख्रा बिक्री गरे झै बेच्न के बेर ।कतै नेपालीनै नरहने हाेकी,बिक्रिका ढाल बनेका साम्सदहरू ।

शुभराज राई काजी
चैत्र ३, २०७९

वास्तविक विद्वान । बाँकि याे देशका नेता भनाउदा र तिनका भराैटेहरू त पृथ्वी नारायण भन्दा पनि पश्चगामी साेचले ग्रसित वाैद्विक राेगीहरू हुन् ।

अग्नि राई
चैत्र ३, २०७९

सत्य कुरा बोल्नु भएको छ।पक्का तपाईले माझकिरातको पानी पिउनु भएर उर्किनु भएको रहेछ।तपाईं हामीले साच्चिकै गर्व मान्नु पर्दछ।

Shivaram rai
चैत्र ४, २०७९

ओहो!
हार्दिक नमन अनि श्रद्दा लेखक प्रती!!
इतिहासको बास्तबिकता,
यतिको खुल्ला एबम वास्तविक चेत सबैको भए किन द्वन्द्वमा जान्थ्यो र मुलुक।

Chandika Prbashi
चैत्र ४, २०७९

You are 100% right Bro

bhim rai
चैत्र ४, २०७९

बास्तबिक / सटिक चर्चा हाम्रो ईतिहासको, हार्दिक नमन् अनन्तराजलाई ।

कृष्ण बहादुर दुमी राई
चैत्र ५, २०७९

धन्यवाद छ असल बिष्लेशक बिद्वान ब्याक्तितव सहि बिचार यथार्थ परक सभ्यता र संकार संग जाेडियकाे बिषय सबै बाहुनहरूमा यस्तै सतबुद्दि पालाअाेस जयकिराँ प्रदेश ।

मन्जित राई
चैत्र १३, २०७९

हिजो लाजेहाङ लिम्बू(पदम)को निधनले सम्पुर्ण किरातजतिहरुलाई स्तब्ध बनायो।
अब फेरि क्रान्तिको नयाँ अध्याएको सुरुवात हुने देखिन्छ।

Tara Mangol Thapa
चैत्र २१, २०७९

Great Article with historical proof.

Grand & Great.

Ghanks go to the writer.

प्रतिक्रिया दिनुहोस्