काेशी प्रदेशसभाकाे सभामुखमा विष्ट सर्वसम्मत चयन

विराटनगर । कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् ।

सभामुख पदमा एक मात्र उम्मेदवारी परेको भन्दै मंगलबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले विष्ट निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् ।

सत्ता गठबन्धनले राप्रपालाई सभामुख दिने निर्णय गरेपछि एमालेले पनि विष्टलाई समर्थन गरेको थियो । झापाको गौरादह निवासी ७० वर्षीय विष्टलाई सभामुख बनाउन राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला प्रस्तावक र राप्रपाकै प्रेमराज थाम्सुहाङ समर्थक रहेको प्रस्ताव दर्ता भएको थियो ।

गत साउन १६ गते सभामुखबाट बाबुराम गाैतमले राजीनामा दिएपछि उक्त पद रिक्त बनेकाे थियाे । आज बिहान बसेकाे कार्यव्यवस्था समितिकाे बैठकले आजैसकिने गरि सभामुखको निर्वाचन कार्यक्रम तालिका प्रकाशित गर्ने निर्णय गरेकाे थियाे । साेही निर्णयकाे आधारमा बिहान १० बजे बसेकाे प्रदेशसभा बैठकले निर्वाचन सम्बन्धि तालिका प्रकाशित गर्ने प्रस्ताव पारित गरेकाे हाे । साेही प्रस्ताव अनुसार सार्वजनिक भएकाे निर्वाचन तालिका अनुसार आज दिउँसाे ३:०० बजे निर्वाचन राखिएकाे थियाे । साे सूचना अनुसार विष्टले उम्मेद्बारी दिएका थिए ।

मङ्गलबार, २४ पुष, २०८०, दिउँसोको ०३:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर