विराटनगर । कोशी प्रदेशसभाले आजै सभामुख पाउने भएको छ । प्रदेशसभाको कार्यब्यवस्था परामर्श समितिको बैठकले ३ बजे सभामुखको निर्बाचन गर्नेगरी कार्यसुची प्रकाशित गर्ने निर्णय गरेको उपसभामुख सिर्जना दनुवारले जानकारी दिइन् ।
सभामुखको टुंगो लगाउन सत्तारुढर प्रमुख प्रतिपक्षी दलको बैठक बिहानै देखि चलिरहेकाे छ। सत्तारुढ गठबन्धनको सहमती अनुसार सभामुख राप्रपाले पाउनेछ ।
राप्रपाले झापाका प्रदेशसभा सदस्य अम्बरबहादुर बिष्टलाई सभामुख बनाउने निर्णय गरिसकेको छ । सभामुखमा बिष्ट निर्बिरोध निर्बाचित हुने संभावना देखिएको छ ।
सभामुखबारे औपचारिक निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक जारी छ । राप्रपा संसदीय दलको बैठकले सभामुख लिने निर्णय गरेको छ । `पार्टीले मलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ´ राप्रपाका प्रदेशसभा सदस्य अम्बरबहादुर बिष्टले भने, `पार्टीले मलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।´
प्रमुख विपक्षी नेपाल कम्युनिष्ट पार्टी (एमाले) दलको बैठक जारी छ । नेपाली कांग्रेस संसदीय दलको बैठकले सभामुख चयन प्रक्रियालगायत विषयमा छलफल गरिरहेको प्रदेशसभा सदस्य अमृत अर्यालले जानकारी दिए ।
राप्रपाले भने दलीय सहमतिको आधारमा सभामुख पद लिने निर्णय गरेको एक सांसदले बताए । राप्रपा प्रदेश समितिका सभापति राम थापा सहित पदाधिकारसमेत बैठकमा सहभागी थिए ।
सत्ता गठबन्धनले सभामुख राप्रपालाई दिएर अघि बढ्ने तयारी गरिरहेको छ ।रनप्पाले सभाखमा अम्बर विष्टलाइ अगाडि सानर्ने बुझिएको छ।
एमालेले पनि सभामुखको विषयमा छलफल गर्ने प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिएका छन् ।