लोड हुँदैछ...

मेनु

पर्यटक पर्खिरहेको ‘पाटेनागी’

पर्यटक पर्खिरहेको ‘पाटेनागी’

इलाम । इलाममा पर्यटकीय सम्भावना बोकेका धेरै ठाउँ छन् । कतिपय ठाउँमा पर्यटक बास बस्ने ठाउँ पाउदैनन् त कतिपय ठाउँले पर्यटक पर्खेर बसेका छन् ।

पर्यटकीय सम्भावनाले भरीपूर्ण इलाम नगरपालिका ३ को पाटेनागी अहिले पर्यटक पर्खेर बसेको छ । सुन्दरताले भरीपूर्ण भएरपनि चर्चामा आउन नसक्दा धेरैले यो ठाउँको महत्व बुझ्न सकेका छैनन् ।

आन्तरिक पर्यटकको आवतजावत बढिरहे पनि बाह्य पर्यटकको आवतजावत भने फाटफुट मात्र रहेको छ । पाटेनागी पुग्ने जो कोहिले फरक गाउँको फरक–फरक परिवेश, खानपान, जीवनशैली बुझ्ने मौका पाउँछन् । होमस्टेमा बस्ने र लोकल कुखुुरा, खसी तथा बोकाको मासुदेखि सेल रोटी, स्थानीय कोदोको ढिडो, आलु, मुला, गाजर, मकै भटमास, केराउलगात स्थानीय उत्पादनबाट बनेका खानाका बिभिन्न परिकारहरुको स्वाद मज्जाले लिन पाईन्छ ।

होमस्टेका नाममा सुविधासम्पन्न होटल पनि निर्माण भइरहेका छन् । तर, ग्रामीण पर्यटनको अवधारणा अनुरूप होमस्टे पर्यटनप्रति आकर्षण बढेको छ । गाउँकै हावापानी, बाटोघाटो, खानपान र गाउँले परिवेशमा रमाउन मौलिक गाउँबस्तीमा पुग्नैपर्छ ।

महंगा होटलको तुलनामा सस्तोमा स्तरीय सेवा होमस्टेमा पाइन्छ । होमस्टेमा बस्ने र चिसो मौसम र स्थानीय परिकारको स्वाद आफ्नै रोजाईमा पाउँन थालेपछि पर्यटकको रोजाई बन्न थालेको हो । पाटेनागी पुग्ने पर्यटकले लेकाली क्षेत्रको वातावरणमा रमाउनुका साथै स्थानीय परिकारको आनन्द लिँदै ट्रेकिङको भरपुर मनोरञ्जन लिन पाउँछन ।

पाटेनागी पुगेपछि लुहाकिम सुकेपोखरीसम्म पनि पुग्न सकिन्छ । इलाम नगरपालिकाको बागखोरबाट १२ किलोमिटरको कच्ची सडकको यात्रापछि त्यहाँ पुगिन्छ । पाटेनागीमा इलाम र देउमाई नगरपालिकाको सिमानामा रहेको कुहिभिर र ठूला ठूला खर्कको अवलोकनसँगै रमाउन सकिन्छ ।

खर्कमा चरनका लागि गएको गाईको ताँतीका साथै मनमोहक दृश्य पनि त्यहाँबाट देख्न सकिन्छ । त्यहाँ पुग्ने जो कोहि पर्यटक त्यहाँको दृश्यको लोभले पुनः फकिएइर आउने गरेका छन् ।

पाटेनागीमा बास बस्नको लागि ठाउँ नभएपनि १२ मिनेटको पैदलबाट तलतिर झरेपछि होमस्टे र गोठमा बास बस्न सकिन्छ ।

2 प्रतिक्रियाहरू

2 प्रतिक्रियाहरू

Som sunuwar
December 7, 2020 8:55 AM

पाटेनागी एउटा भर्जिन एरिया हो। ३०५४ मीटर अग्लो डाडो हो यो। पर्यट्न होइन, पर्यापर्यटन मात्रै प्रबर्द्धन गर्नुपर्ने स्थान हो। पाटेनागी मात्रै भन्दा वा लेख्दा त्यही एउटा डाडो बुझिन्छ। त्यसैले नजिकैका थुप्रै मुख्य र रमणीय स्थल्समेत बुझाउन लेख्नेहरुले “पाटेनागी क्षेत्र” लेखीदिए न्याय हुनेथियो।जसो गर्दा कुइभीरको पानीढलो शीर, धनमाने देउराली, नागढुङ्गा, हेमन्ते, मकैबारी, गङ्गटेपानी/गङ्गटेपानी, कालपोखरी थाम, चनाउटेजस्ता ठाउँ एकै मालामा उनिएर आउनेथिए।अर्को त, रेपोर्टरले कुन पाटेनागीमा होमस्टे भेटेछन्? मेरो प्रश्न छ? न्युजमा कविता मफुराएको बेश।

som sunuwar
December 7, 2020 9:10 AM

पाटेनागी क्षेत्र दुर्लभ रेड्पाण्डा पाइने स्थान हो। यो पाटो किन ओझेल पारिदैछ? अर्को, यो पानी दिने डाडो हो, पर्बत हो। इलामका मुख्य चार माई खोलामध्ये पुवामाई र देउमाई खोला यसैले उमारेर पठाउछ। त्यसैले भनेको हो कि पाटेनागी क्षेत्रमा “पर्यट्न” होइन, पर्यापर्यटन अथवा “eco-tourism” मात्रैको प्रबर्द्धन गरिनु अनीबार्य छ। मेशिन औजारको प्रयोगमा रोक लगाई ecofriendly निर्माण गरिनु पर्छ। वडा र नगर (इलाम) यो मामलामा चुकेको स्थानीयको गुनासो छ। यो दिगोपनको लक्षण होइन।

प्रतिक्रियाहरू बन्द छन्।