कोशीमा स्वास्थ्यको छुट्टै ऐन बनाउने तयारी


विराटनगर । कोशी प्रदेश सरकारले स्वास्थ्यसँग सम्बन्धित छुट्टै ऐन बनाउने गृहकार्य सुरु गरेको छ ।
प्रदेशको स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउने उद्देश्यसाथ प्रदेश सरकारले छुट्टै ऐन निर्माण गर्ने भएको हो ।

प्रदेश सरकारको बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले छुट्टै ऐन बनाउनका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले मन्त्रिपरिषद्को निर्णयका बारेमा जानकारी दिँदै प्रदेशमा स्वास्थ्य सम्बन्धी छुट्टै ऐन बनाउन आवश्यक देखिएको बताए ।

सरकारले उद्योग कृषि तथा सहकारी मन्त्रालयमार्फत आएको प्रदेश कृषि व्यवसाय प्रवर्धन अनुदान (तेस्रो संशोधन) नियमावली, २०८१ लाई स्वीकृत गर्ने निर्णयसमेत गरेको छ । मन्त्रिपरिषद् बैठकले आयुर्वेद चिकित्सा सेवा तथा जडीबुटी सेवा शिक्षा तथा अध्ययन अनुसन्धान सम्भाव्यता अध्ययन तथा कार्ययोजना तर्जुमा कार्यदल, २०८१ को समयावधि एक महिना थप गर्ने निर्णय गरेको छ । तोकिएको समयमा काम नसकिएपछि कार्यदलको समय ३० दिन थप गर्नु परेको जानकारी राईले दिए ।

बिहिबार, ०६ मंसिर, २०८१, बिहानको १०:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर