विराटनगर । कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले २७ औ पटक दण्ड प्रणाम गर्दै सिँघियाघाटमा छैठको पूजा गरेका छन्।
विराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित शिव पाञ्चायन मन्दिरबाट उनले दण्ड प्रणाम गर्ने गर्छन । दण्ड प्रणाम गर्नु अगाडी उनले मन्त्रीरमा पुजा गर्ने गर्छन । वैदिक सनातन हिन्दू राष्ट्र कायम गर्नु पर्ने, समस्त लोकको कल्याण, विश्व शान्ति, राष्ट्र हित र धर्म रक्षाका लागि आफूले कठोर निराहार व्रत सहित दण्ड प्रणाम गर्दै सूर्यको उपासना गरेको पराजुलीले बताए । ‘
उनले आज साँझ विराटनगर १ मा रहेको परोपकार घाटबाट अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् उनले ४ वटा इच्छा सहित व्रत बसेको सुनाए । विश्व नै द्धन्दमा फँस्दैै गएकोले विश्व शान्ति र सनातन हिन्दु राष्ट्र सहितका आफ्ना मुख्य चार मुद्धाहरु रहेको पराजुलील बताए ।
।