विराटनगर । आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसले मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा बलराम सरदारलाई उम्मेदवार बनाउने भएको छ ।
काँग्रेसको मोरङको संसदीय समिति बैंठकले नेपाली काङ्ग्रेसका पूर्वमहासमिति सदस्य सरदारलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
जिल्ला सभापति डिगबहादुर लिम्बूको अध्यक्षतामा बिहीबार बसेको बैठकले सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी अहिले नेपाली काङ्ग्रेस मोरङका सल्लाहकार सदस्य रहेको प्रवक्ता भुवनेश्वर मण्डलले जानकारी दिए । गाउँपालिका अध्यक्षको लागि काङ्ग्रेसबाट १७ जना आकांक्षी थिए ।
ग्रामथानको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले पूर्ववडाध्यक्ष नमोनारायण माझीलाई उम्मेदवार बनाउने घोषणा यसअघि नै गरिसकेको छ । नेकपा एमालेले भने उम्मेदवार तय गरिसकेको छैन ।
२०७९ सालको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट अध्यक्षमा निर्वाचित भएका जयप्रकाश गच्छदारको हृदयघातका कारण मृत्युु भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो ।