विराटनगर । नया गुन्द्री थाेक तथा बिक्रेता बजार व्यवस्थापन समिति विराटनगरका अध्यक्ष पशुपति भगतसहित १० जना जुवाडेलाइ प्रहरिले पक्राउ गरेकाे छ ।
विशेष सूचनाको आधारमा शुक्रबार राति विराटनगर महानगरपालिका-११ स्थितमा संगम पार्टी प्यालेसबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट १० लाख ६ हजार ९९५ रुपैयाँ नगद र पाँच सेट ताससमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रबक्ता बेदप्रसादश जाेशिले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा यातायात व्यवसायी विराटनगर ११ बस्ने वर्ष ६१ का राजन कडेल, साेहि ठाउका वर्ष ४१ का टुनटुन शर्मा, वर्ष ४७ का सुरेन्द्र ठाकुर, वर्ष ५० को विरेन्द्र साह , विराटनगर ३ बस्ने वर्ष ५५ का पेट्रोलियम व्यवसायी ध्रुव सिग्देल, विराटनगर ५ बस्ने वर्ष ५५ का मनिराज प्रसाई, वर्ष ५० को बाबुराम कटेल ,वर्ष ४६ का लिला सहनी र पाटी प्यालेस संचालक वर्ष ५९ का पदम श्रेष्ठलाइ पक्राउ गरेको डिएसपी जाेशिले बताए ।
पक्राउ परेका १० जनालाई जिल्ला प्रशासन कार्यलय खुलेपछि म्याद थप गरि अनुसन्धान सुरु गर्ने प्रहरिले जनाएको छ ।