रसिकको ‘छन्द उपसना’ विमोचन

विराटनगर । छन्द कवि रोहिणि रसिकको ‘छन्द उपसना’ कृति विमोचन गरिएको छ । विराटनगरमा एक समारोह आयोजना गरी कवि रसिको छन्द कविता सङ्ग्रह विमोचन गरिएको हो । विमोचन समारोहमा साहित्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

पूर्वप्रज्ञा प्रतिष्ठानका अध्यक्ष बद्री पोखरेल, चेतना संस्करण प्रतिष्ठान नेपालका अध्यक्ष गंगा सुवेदीलगायत विभिन्न संघसंस्थाका प्रमुखहरूले संयुक्तरूपमा पुस्तकको विमोचन गरेका थिए ।

समीक्षक छवि वैरागीले कृतिको समीक्षा गर्दै यस पुस्तकमा समाजिक विकृतिविरुद्ध आवाज उठाइएको र राष्ट्रप्रेम, मानवतावाद तथा विश्व शान्तिको कामना समेटिएको बताए । कार्यक्रममा साहित्यकार प्रिन्स प्रमोद ढकाल, तारा पराजुलीलगायतका स्रष्टाहरूले कविता वाचन गरे ।

शब्द मिडिया प्रकाशनद्वारा प्रकाशित संग्रहमा १२ वटा शास्त्रीय छन्दका ४९ वटा कविताहरू समावेश गरिएका छन् । वक्ताहरूले कविले हरेक विषयवस्तुलाई कलात्मक ढंगले प्रस्तुत गरेको बताउँदै यस संग्रहको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे ।

आइतबार, ११ कार्तिक, २०८१, दिउँसोको ०१:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर