चार वर्षीय छोरीलाई मार्छु भन्दै बन्धक बनाएपछि..

विराटनगर । तीनदिनदेखि बन्धक बनेकी विराटनगरकी एक चार वर्षीय बालिकाको स्थानीय प्रशासनले उद्धार गरेको छ । गत मंगलबारदेखि विराटनगर ९ भानुटोलका ३२ वर्षीय सुनिल सहनीले आफ्नै ४ वर्षीय छोरीलाई केही पनि खान नदिइ घरबाट बाहिर पनि जान नदिइ बन्धक बनाएको प्रहरीको दाबी छ ।

ती बालिकाको शुक्रबार साँझ भने सकुशल उद्धार भएको छ । छोरीलाई लिएर घरको कोठाभित्र बसेका सुनीलले कसैलाई पनि प्रवेश नगर्न र गरेमा छोरिलाई मारिदिने भन्दै धम्की दिएका थिए । ‘घरको कोठाभित्र छोरीलाई लिएर बसेका थिए । उनको हातमा सानो चक्कु पनि थियो । कोही आएमा छोरीलाई मारिदिने र आफू पनि मर्छु भनेर भन्थे,’ मोरङका प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले भने । यद्यपि सहनीलाई फकाएर ढोकाको माथि पटिको खाली ठाउँबाट छोरीलाई निकाल्न सफल भएको उनको भनाइ छ ।

छोरीलाई दिएका सुनील भने बाहिर निस्कन मानेका छैनन् । उनले कोठाभित्रै सल लगाएर पासो लाग्न खोज्ने लगायतका अनेक हर्कत गरिरहेको भएपनि अहिलेसम्म सकुशल रहेको प्रहरीले जनाएको छ । ‘बिहानसम्म उनको अवस्था सकुशल छ । अहिले सुतिरहेको भन्ने कुरा आएको छ,’ प्रवक्ता जोशीले भने । नाबालिकालाई भने उनकी हजुरआमाको जिम्मा लगाइएको छ । सुनीलकी श्रीमती भने केही समयदेखि वैदेशिक रोजगारीमा रहेको प्रहरीले जनाएको छ । उनले किन छोरीलाई बन्धक बनाएका हुन् भन्ने विषय खुल्न नकेको प्रहरीले जनाएको छ ।

शनिबार, १० कार्तिक, २०८१, बिहानको ०७:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर