ओलीको पुतला दहन गर्न दिएको आरोपमा सिडिओ र एसपीको सरुवा

काठमाडौं । सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले गरेको विरोध प्रदर्शन दबाउन नसकेको आरोपमा चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र प्रहरी प्रमुख एसपी भावेश रिमालको सरुवा भएको छ ।

प्रजिअ यादवलाई गृह मन्त्रालयले बुधबार मन्त्रालयमा तानेको छ भने एसपी रिमाललाई प्रहरी प्रधान कार्यालयमा तानिएको छ । सरकारको सय दिने उपलब्धि सार्वजनिक हुँदैगर्दा सरकारविरोधी प्रदर्शन रोक्न नसकेको आरोपमा उनीहरुमाथि एक्सन भएको हो ।

प्रधानमन्त्री केपी ओलीको विरद्ध नारावाजी गर्दै रास्वपा कार्यकर्ताले ओलीको पुत्ला बनाएर नारायणी नदिमा विसर्जन गरेका थिए । त्यसलाई रोक्न नसकेको भन्दै प्रधानमन्त्रीकै निर्देशमा यादव र रिमाललाई तानिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

गृहले नयाँ प्रजिको रुपमा प्रकाश पौडेललाई पठाएको छ भने पौडेले यसअघि अध्यागमन विभागमा थिए । विभागमा सहसचिव गोविन्द रिजाललाई पठाइएको छ । चितवनको एसपीमा मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत गौतम मिश्रलाई पठाइएको छ ।

एक वर्षे अबधि पुरा नहुँदै दुबै जनालाई जिम्मेवारीबाट हटाइएको हो । यद्यपी गृहले भने कार्यक्षमता कमजोर देखिएपछि उनीहरुलाई फिर्ता गरेको दावी गरेको छ ।

बुधबार, ०७ कार्तिक, २०८१, साँझको ०५:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर