कोशी प्रदेशका दुई सचिवको सरुवा

विराटनगर । कोशी प्रदेश सरकारका २ जना सचिवको सरुवा भएको छ । बिहीबार बसेको संघीय मन्त्रिपरिषद बैठकले ४० जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गर्दा कोशाी प्रदेशका २ सचिवको पनि सरुवा भएको हो ।

प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव लेखराज दाहाल र खानेपानी, सिचाईं तथा उर्जा मन्त्रालयका सचिव प्रदिप वान्तवाको सरुवा भएको छ । दाहालको संघीय कृषि तथा पशपुन्छी विकास मन्त्रालयमा र बान्तवाको उर्जा जलस्रोत तथा सिचाई मन्त्रालयमा सरुवा भएको हो ।

मधेश प्रदेशको भूमि व्यवस्था तथा कृषि मन्त्रालय मधेशका शरणकुमार पाण्डे कोशीको मुख्यमन्त्री कार्यालयमा सरुवा भएका छन् । यस्तै संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रेमकुमार सिंह कोशी प्रदेश मुख्यमन्त्री कार्यालयमा सरुवा भएको छ ।

मुख्यमन्त्री कार्यालयले पाण्डेलाई उद्योग कृषि तथा सहकारी मन्त्रालयमा र सिंहलाई खानेपानी, सिचाई तथा उर्जा मन्त्रालयमा पठाउने संभावना छ । पछिल्लो समयमा संघीय सरकारले प्रदेशका सचिवहरु पठाउँदा मन्त्रालय नतोकी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाउने गरेको छ ।

सोमबार, ०५ कार्तिक, २०८१, साँझको ०७:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर