रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

पोखरा । सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेलाई हिरासतमा राखी अनुसन्धान गर्नका लागि अनुमति माग गर्दा अदालतले ६ दिनको अनुमति दिएको हो ।

कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार न्यायाधीश नवराज दाहालको इजलासले सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न अनुमति प्रदान गरेको हो ।

प्रहरीले गत शुक्रबार राति काठमाडौंको वनस्थलीस्थित रास्वपाको कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको थियो ।

कास्कीको सूर्यदर्शन सहकारीको रकम हिनामिनाको अनुसन्धानका लागि रविलाई पक्राउ गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको थियो ।​

 

आइतबार, ०४ कार्तिक, २०८१, साँझको ०६:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर