लगातारको बृद्धिपछि शेयर बजार ९ अंकले घट्यो

विराटनगर । लगातार बढेको नेपाली शेयर बजार मापक नेप्से परिसुचक मंगलबार झिनो अंकले घटरेको छ ।

अघिल्लो दिनको तुलनामा यस दिन ८.१८ अंकले नेप्से घटेर २९२३.४६ अंकमा बन्द भएको छ ।

यस दिन अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको छ । यस दिन कुल २१ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भरु रेकर्ड कायम भएको थियो । मंगलबार ८० कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो भने ६ को स्थिर रह्यो ।

यस दिन बैंकिङ ०.४५, फाइनान्स १.५७, जीवन बीमा ०.५४ तथा व्यापार समूह ०.०६ प्रतिशत बढ्दा अन्य समूहहरु घटे । विकास बैंक १.३६, होटल तथा पर्यटन २.२५, उत्पादन १.४०, माइक्रोफाइनान्स १.१३, निर्जीवन बीमा १.०२ र अन्य समूह सूचक ०.७४ प्रतिशत घटे ।

नाफा बुक गर्नेहरु र सेयर किन्नेहरुबीच भाउमा प्रतिस्पर्धा चल्दा बजारमा उतारचढाव देखिएको थियो । दिभरमा कहिले उच्च अंकले बढेको बजार कतिपय समयमा उच्च अंकले घटेको थियो । तर, बन्द हुने समयमा झिनो अंकको करेक्सन भयो ।

यस दिन ३३२ कम्पनीको ५ करोड २७ लाख कित्ता सेयर कारोबार भएको छ । करिब ८२ करोड रुपैयाँसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्सुरेन्स र शिवम् सिमेन्ट्स परेका छन् ।

मङ्गलबार, २९ साउन, २०८१, दिउँसोको ०३:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर