कोरोनाबाट २ लाख ८२ हजारको मृत्यु, १४ लाख ९० हजार निको भए

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ लाख ८२ हजार नाघेको छ ।

सोमबार विहानसम्म संक्रमितहरुको संख्या ४१ लाखभन्दा बढी पुगेको छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मात्रै १३ लाख २९ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा ७९ हजार ५२६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यस्तै स्पेनमा २ लाख २४ हजार ३५० जना संक्रमित छन् भने २६ हजार ६ सय २१ जनाको मृत्यु भएको छ ।

बेलायतमा २ लाख २० हजार ४ सय ४९ जनामा संक्रमण पुष्टि हुँदा ३१ हजार ९३० जनाको मृत्यु भएको छ

इटालीमा २ लाख १९ हजार ७० र रुसमा २ लाख ९ हजार ६ सय ८८ संक्रमित छन् । यस्तै फ्रान्समा १ लाख ७७ हजार ९४, जर्मनीमा १ लाख ७१ हजार ८ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको तथ्याङमा उल्लेख छ ।

इटालीमा ३० हजार ५ सय ६०, फ्रान्समा २६ हजार ३ सय ८३, ब्राजिलमा ११ हजार १ सय २३, बेल्जियममा ८ हजार ६ सय ५६ जनाको मृत्यु भइसकेको तथ्याङ्कमा उल्लेख छ । हाल सम्म १४ लाख ९० हजार ५ सय ३५ जना निको भएर घर फकिएका छन् ।

सोमबार, २९ बैशाख, २०७७, बिहानको ०९:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर