पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर

विराटनगर । पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । उनलाई सर्वाेच्च अदालतले पनि भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।

एवं नेपाली कांग्रेसका नेता समेत रहेका जोशीलाई सर्वाेच्च अदालतले ९ महिना कैद तथा ६९ लाख १५ हजार जरिवाना गरेको छ ।

सर्वाेच्च अदालतका सूचना अधिकारी गोविन्द अधिकारीका अनुसार न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आइतबार उक्त फैसला गरेको हो।

जोशीलाई यसअघि विशेष अदालतले डेढ वर्षको कैद र सवा दुई करोड रुपैयाँ जरिवाना गरेको थियो। विशेष अदालतले गरेको उक्त फैसलालाई सर्वाेच्च अदालतले केही उल्ट्याएको छ

आइतबार, १३ साउन, २०८१, साँझको ०६:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर