विराटनगर । मोरङमा सम्बन्ध विच्छेदको घटनामा वर्षैपिच्छे बढोत्तरी देखिएको छ । जिल्ला अदालत मोरङमा दर्ता भएको मुद्दाको संख्या पछिल्लो तीन वर्षदेखि निरन्तर बढेको देखिएको हो । त्यस आधारमा मोरङमा दैनिक सरदर सातवटा मुद्दा सम्बन्ध विच्छेद गर्नका लागि दर्ता हुने गरेको देखिन्छ ।
दर्ता भएकामध्ये केही मुद्दाहरु मेलमिलापमा गएर टुंगिने गरेको छ भने त्यसरी नटुंगिएका मुद्दाहरु अदालती प्रक्रियाबाटै टुंगिने गरेको छ । मोरङ जिल्ला अदातलमा आर्थिक वर्ष २०७८/७९ देखि आर्थिक वर्ष २०८०/८१ सम्मको तथ्यांकले निरन्तर मुद्दाको संख्या बढ्दै गएको देखाएको छ । गत आव २०८०/८१ मा १ हजार ९८६ सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भए । जसमध्ये १ हजार ५८१ मुद्दा फछ्यौट भए भने भने ४०५ मुद्दा चालु वर्षमा हेर्ने गरी सरेका छन् ।
आर्थिक वर्ष २०७९/८० मा मोरङमा १ हजार ९८३ मुद्दा दर्ता भएका थिए । यो गत वर्षको भन्दा तीन ओटा कम हो । जसमा १ हजार ५३२ मुद्दा फछ्र्यौट भएका थिए भने ४५१ बाँकी थियो । यसैगरी २०७८/७९ मा जम्मा १ हजार ७९८ सम्बन्ध विच्छेसका मुद्दा दर्ता भएका थिए ।
घरायसी समस्या, हिंसा, पति पत्नीबीच असमझदारी, लगायत धेरै कारणले सम्बन्ध विच्छेद गर्ने निश्कर्षमा पुग्दा हरेक वर्ष सम्बन्ध बिच्छेद गर्नेहरु बढ्दै गएका छन् ।