सशस्त्र प्रहरीले सुनसरीबाट बरामद गर्‍यो १ करोड बढी नगद

काठमाडौँ । सशस्त्र प्रहरीले गएराति सुनसरीबाट १ करोड भन्दा बढी नगरद बरामद गरेको छ । हुन्डीको आशङ्कामा १ करोड १ लाख रुपैयाँ बरामद गरेको हो ।

सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिर स्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट वसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शङ्का लागि चेकजाँच गर्दा कार भित्र बोरामा लुकाई छिपाइ राखेको सो रकम बरामद भएको हो ।

बरामद भएको रकममा १ हजार दरको नोट ९ हजार ७ सय थान ९९७ लाख० र ५ सय दरको ८ सय थान (४ लाखए) रहेको छ । रकमसँगै कार र चालक सुनसरी जिल्ला हरिनगर गाउँपालिका–५ बस्ने अन्दाजी बर्ष ३७ का ईसा अन्सारीलाई समेत नियन्त्रणमा लिइएको छ ।

नगद रकम, कार र चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रक्रिया थालिएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

आइतबार, २० जेठ, २०८१, बिहानको ०८:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर