तेली समाज रंगेली शिक्षा समितिमा जितेन्द्र साह

विराटनगर । तेली कल्याण समाज नेपालको रंगेली शिक्षा समिति गठन भएको छ । समितिको संयोजकमा जितेन्द्र साह (महर्शी मेहि आधारभूत विद्यालय) भएका छन् ।

यस्तै सहसंयोजकमा मञ्जुकुमारी साह (आदर्श माध्यमिक विद्यालय), सचिवमा मनोज शाह (आदर्श माध्यमिक विद्यालय), कोषाध्यक्षमा मनिष कुमार साह (भानु मेमोरियल एकेडेमी) चयन भएका छन् । यस्तै सदस्यहरुमा कुन्दन साह (निचामारी आधारभूत विद्यालय), पिंकी कुमारी साह (आदर्श माध्यमिक विद्यालय), मञ्जुकुमारी साह (पब्लिक माध्यमिक विद्यालय) चयन भएका छन् ।

सल्लाहकारहरुमा भने वीरेन्द्र कुमार साह (भुपु प्रधानाध्यापक), सत्यनारायण साह (भुपु प्रधानाध्यापक), भीमप्रसाद साह (रंगेली नगर समिति उपाध्यक्ष), र अशेश्वर प्रसाद साह (रंगेली नगर समिति अध्यक्ष) लगायत ११ जनाको समिति गठन भएको तेली कल्याण समाज नेपाल, माेरङ शिक्षा समिति सहसंयाेजक चन्द्र नारायण साहले बताए ।

शनिबार, १९ जेठ, २०८१, रातीको ०८:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर